२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’



अ+ अ-

काठमाडौँ । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रस्ट देख्न सकिन्छ । अझ भनौँ मुख्य शक्ति राष्ट्रहरुका स्वार्थलाई चुनौती दिँदा, अन्त्यमा देशले कतिसम्मको पीडा खप्नुपर्ने हुनसक्छ र त्यो पनि भूमण्डलीकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रुपमा कसरी शक्ति राष्ट्रहरुले फसाउँदै लैजान्छन् भन्ने कुरा यस पुस्तकका लेखक प्राध्यापक डा पुष्प अधिकारीले प्रस्ट पार्नुभएको छ ।

राष्ट्रपति गमाल अब्देल नासेरले सुएज क्यानल ९बाँध० लाई राष्ट्रियकरण गरेको बदला कसरी शक्ति राष्ट्रहरुले लिए र प्र्रजातन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्रको हारमा खसाले रु भन्ने कुरा पुस्तकले विस्तृत रुपमा दिएको छ । पश्चिमा राष्ट्रको लहैलहैमा लाग्दा कसरी राष्ट्रपति अनवर–अल–सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पूरा हुन छोडेपछि अन्त्यमा उनको हत्या हुन्छ रु यसको चर्चा पुस्तकमा रहेको छ ।

सादातकै उपराष्ट्रपति होस्नी मुबारक राष्ट्रपति बनेपछि पश्चिमा खासगरी संयुक्तराज्य अमेरिकाको आडमा ३० वर्ष शासन सम्हाल्छन् । जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरी लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि विस्थापित गरियो भन्ने कुरा प्रस्ट रुपमा पुस्तकमा पढ्न पाइन्छ ।

अमेरिकाले वर्षौंसम्म इजिप्टमा सहायताका नाममा अर्बौं डलर खन्याएको, र अन्त्यमा त्यसमै इजिप्टको बानी परेपछि सो सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धराशयी पारिएको घटनाको बेलिविस्तार पुस्तकमा पाइन्छ । दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्तिराष्ट्र इजिप्टसँग मितेरी गाँस्न तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर–अल–सादातको शासनको पक्षमा नै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ ।

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ । खासगरी लोकतन्त्रको अमेरिकी संस्करणमा डुबुल्की मार्न खोज्ने दक्षिण एसियाली राष्ट्रका राजनीतिज्ञ, योजनाविद्, तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नै पर्छ भन्न सकिन्छ ।

लामो समय पत्रकारिताका विभिन्न क्षेत्रमा परिचित तथा हाल राजनीतिशास्त्रका प्राध्यापक डा पुष्प अधिकारीले यो पुस्तक दश वर्षको अथक परिश्रमबाट तयार पार्नुभएको हो जुन मेहनत पुस्तक पढ्दै गर्दा देखिन्छ । लान्सर पब्लिकेसन्स नयाँ दिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक अमेजन, फ्लिपकार्ट र लान्सर पब्लिसर्सबाट अनलाइन खरिद गर्न सकिन्छ ।