२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बियामा पहिरोमा परी ८ बालबालिकासहित ३४ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार ठूलो दुर्घटना भएको छ । यहाँको रिसाल्दा प्रदेशमा पहिरो खसेर बसमाथि पर्दा ३४ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन इकाई ९युएनजीआरडी०का अनुसार मृत्यु हुनेमा आठ बालबालिका रहेका छन् । धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएको बताइएको छ । प्राप्त समाचार अनुसार उद्धार कार्य जारी छ ।

भारी वर्षापछि रिसाल्दा प्रान्तमा पहिरो खसेको एक अधिकारीले बताए । बससँगै अन्य केही सवारीसाधन पनि भग्नावशेषमा पुरिएका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सरकार यस दुःखद घडीमा पीडित परिवारको साथमा रहेको बताएका छन् । अहिले ९ जनाको उद्धार गरिएको उद्धार टोलीका अधिकारीले बताएका छन् ।

जसमा एक ७ वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो । दुर्घटनामा उनकी आमाको मृत्यु भएको छ ।’