५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ को यस्तो छ आर्थिक अबस्था -पूर्णपाठ सहित

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ को यस्तो छ आर्थिक अबस्था -पूर्णपाठ सहित
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी आर्थिक वर्ष २०७८/७९ को आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ को कृषि, उद्योग, सेवा, पूर्वाधार, रोजगारी तथा सरकारी वित्तलगायतका क्षेत्रको यथार्थ अवस्था र अघिल्लो वर्षको तुलनामा भएको परिवर्तनको अध्ययन तथा विश्लेषण गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नं १ को आर्थिक वृद्धिदर ३.८८ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७८/७९ मा उक्त वृद्धिदर ५.०९ प्रतिशत रहने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै समीक्षा अवधिमा मुलुकको कृषि क्षेत्रको कूल उत्पादनमा प्रदेश नं १ को हिस्सा २१.८ प्रतिशत, उद्योग क्षेत्रको उत्पादनमा १९.६ प्रतिशत र सेवा क्षेत्रमा १२.५ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । अघिल्लो वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा प्रदेश नं १ को हिस्सा क्रमशः २१.७ प्रतिशत, १९.६ र १२.५ प्रतिशत रहेको थियो ।

त्यस्तै प्रदेशगत आर्थिक वृद्धिका आधारमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ५.४१ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रदेशको आर्थिक वृद्धि दर ४.३४ प्रतिशत रहेको थियो ।

२०७८ सालको जनगणनाको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालको कूल जनसंख्याको १७।०३ प्रतिशत हिस्सा रहेको यस प्रदेशको वार्षिक जनसंख्या वृद्धि दर ०.८८ प्रतिशत रहेको छ । पछिल्लो जनगणनाअनुसार प्रदेश नं १ को जनघनत्व १९२ प्रतिवर्ग किलोमिटर रहेको छ । त्यस्तै प्रतिपरिवा औसद सदस्य संख्या ४.१३ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो आँकडा ४.५७ थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/12/आर्थिक-गतिविधि-अध्ययन-२०७८-७९-को-वार्षिक-प्रतिवेदन-प्रदेश-नं.-१.pdf”]