१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिएको संरचना रोक्न भारतीय पक्ष सहमत



अ+ अ-

दार्चुला। भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरेको संरचना तत्कालको लागि रोकेको छ ।

नेपाली पक्षको तीव्र दबाबपछि भारतले महाकाली नदीमा पूर्व सहमति बिपरीत बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको हो ।

भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सोमबार उक्त विषयमा छलफल भएको थियो । छलफलपश्चात भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको बताइएको छ ।

उक्त छलफल दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले जानकारी दिएका छन् ।

आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ धकेलेर तटबन्ध बनाउन थालेपछि दार्चुलामा स्थानीयले बिरोध गरेका थिए । दार्चुलामा स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत समेत बन्द गरेका थिए ।