२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल सहभागी रहेका छन् ।

यस्तै बैठकमा कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, पुर्णबहादुर खड्का, प्रकाशशरण महत र माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतका नेताहरुको पनि सहभागीता रहेको छ ।

बैठकमा निर्वाचनको समिक्षा र आगामी सरकार गठन बारे छलफल हुने बताईएको छ। बैठकमा लोसपाले भने सहभागीता जनाएको छैन ।