• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु



फाईल फोटो

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल सहभागी रहेका छन् ।

यस्तै बैठकमा कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, पुर्णबहादुर खड्का, प्रकाशशरण महत र माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतका नेताहरुको पनि सहभागीता रहेको छ ।

बैठकमा निर्वाचनको समिक्षा र आगामी सरकार गठन बारे छलफल हुने बताईएको छ। बैठकमा लोसपाले भने सहभागीता जनाएको छैन ।