३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र पाण्डेको ‘दोहोरो पद’ अस्वभाविक: बरिष्ठ अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा धादिङ क्षेत्र नं १ बाट निर्वाचित सांसद राजेन्द्र पाण्डेले बागमती प्रदेशका मुख्यमन्त्रीका रुपमा पनि काम गरिरहनुभएको छ ।

यतिबेला पाण्डेले दुई ओटा पदको प्रतिनिधित्व गरिरहनुभएको छ । संवैधानिक कानूनका जानकार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पाण्डेको यो कार्य गलत भएको बताउनुभयो । भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, “यो मुख्यतः नैतिक कुरा हो साथै संवैधानिक हिसाबले पनि अनुपयुक्त छ ।”

प्रतिनिधिसभामा निर्वाचित भएपछि उहाँले मुख्यमन्त्री छाड्नु पर्ने उहाँको सुझाव छ । भट्टराईले भन्नुभयो, “एउटै व्यक्तिले दुई निकायको प्रतिनिधित्व गर्नु उपयुक्त हुँदैन ।”

पाण्डे नेकपा (एकीकृत समाजवादी) का तर्फबाट धादिङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।