२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २४.४६ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमवार) पनि उच्च अंकले गिरावट आएको छ ।

सोमवार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ ।

सोमवार कारोवारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमवार १ अर्ब ६७ करोडको कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमवार सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३.१२ प्रतिशत बढेको छ । त्यस्तै,अजोड इन्स्योरेन्सको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । त्यसैगरी, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।