५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो



अ+ अ-

काठमाडौंं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ-नौ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले १, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११-११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात÷सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक-एक स्थानमा जित हासिल गरेका छन् । प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी दुई तथा मधेस प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार÷चार स्थानमा विजयी भएका छन् । मधेस प्रदेशसभामा छ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा तथा गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौ-नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन÷तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । रासस