३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात चुनाव : प्रधानमन्त्री मोदीकी आमा हिराबाले गर्नुभयो मतदान



अ+ अ-

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबाले सोमबार गुजरात विधानसभा चुनावको दोस्रो चरणमा गान्धीनगर नजिकैको रायसन गाउँमा मतदान गर्नुभयो ।

जुनमा १०० वर्ष पुग्नुभएकी हिराबा आफ्नो कान्छो छोरा पञ्कज मोदीसँग गान्धीनगरको रायसन गाउँमा बस्नुहुन्छ ।

पञ्कज र परिवारका अन्य सदस्यहरूसँग उहाँले ह्वीलचेयरमा मतदान केन्द्र पुगेर र मतदान गर्नुभयो ।

प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमालाई उहाँको घरमा भेटेर आशीर्वाद माग्नुभएको थियो ।

प्रधानमन्त्रीले पनि सोमबार अहमदाबादको मतदान केन्द्रमा मतदान गर्दै राज्यका जनताले सबैको कुरा सुन्ने तर सत्य कुरा स्वीकार गर्ने उनीहरूको स्वभाव भएको बताउनुभयो।

गुजरात विधानसभाको १८२ सिटमध्ये ९३ सिटका लागि दोस्रो चरणमा मतदान भइरहेको छ। मतगणना डिसेम्बर ८ मा हुनेछ।
एजेन्सी