• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

सन्दीप प्रकरण: किशोरीले अदालतमा दिइन कडा बयान



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतसमक्ष बकपत्र दिएकी छन् । प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा उनले अदालतलाई दिएको बकपत्र कडा रहेको बताइएको छ ।

अदालतले केही दिनअघि दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । सन्दीप पक्षधर वकिलहरुलाई उनले बयान फेर्नसक्ने झिनो आशा थियो तर त्यसको विपरीत उनले कडा बकपत्र दिएको बताइएको छ । यद्यपि उनको जाहेरी र बकपत्रमा कतिपय कुरा बाझिएको बताइएको छ ।

उनी अहिले माइती नेपालको संरक्षण छिन् । उनले बयान फेर्न सक्ने भन्दै माइती नेपालकी सञ्चालक अनुराधा कोइराला चिन्तित थिइन् । त्यसैले उनी आफैँ र संस्थाका काउन्सिलरहरुले किशोरीलाई धेरै सम्झाई बुझाई गरेका थिए । किशोरीलाई त्यहाँ कसैसँग भेट गर्न दिइएको छैन । उनी त्यहाँबाट बाहिर निस्कन खोजे पनि निस्कन नदिइएको समाचार छ ।

अदालतमा दिएको बकपत्रले किशोरी होस्टाइल हुने सम्भावना अन्त्य भएको छ । अब अदालतले उनको वास्तविक उमेर तथा बलात्कार हो वा सहमतिको सम्बन्ध भन्ने मात्र हेर्ने छ ।

यदि किशोरी नाबालिग रहेको ठहर भएमा र शारीरिक सम्बन्ध भएको पुष्टि भएमा सन्दीपमाथि कडा सजाय हुने अनुमान गरिएको छ ।