२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप प्रकरण: किशोरीले अदालतमा दिइन कडा बयान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतसमक्ष बकपत्र दिएकी छन् । प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा उनले अदालतलाई दिएको बकपत्र कडा रहेको बताइएको छ ।

अदालतले केही दिनअघि दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । सन्दीप पक्षधर वकिलहरुलाई उनले बयान फेर्नसक्ने झिनो आशा थियो तर त्यसको विपरीत उनले कडा बकपत्र दिएको बताइएको छ । यद्यपि उनको जाहेरी र बकपत्रमा कतिपय कुरा बाझिएको बताइएको छ ।

उनी अहिले माइती नेपालको संरक्षण छिन् । उनले बयान फेर्न सक्ने भन्दै माइती नेपालकी सञ्चालक अनुराधा कोइराला चिन्तित थिइन् । त्यसैले उनी आफैँ र संस्थाका काउन्सिलरहरुले किशोरीलाई धेरै सम्झाई बुझाई गरेका थिए । किशोरीलाई त्यहाँ कसैसँग भेट गर्न दिइएको छैन । उनी त्यहाँबाट बाहिर निस्कन खोजे पनि निस्कन नदिइएको समाचार छ ।

अदालतमा दिएको बकपत्रले किशोरी होस्टाइल हुने सम्भावना अन्त्य भएको छ । अब अदालतले उनको वास्तविक उमेर तथा बलात्कार हो वा सहमतिको सम्बन्ध भन्ने मात्र हेर्ने छ ।

यदि किशोरी नाबालिग रहेको ठहर भएमा र शारीरिक सम्बन्ध भएको पुष्टि भएमा सन्दीपमाथि कडा सजाय हुने अनुमान गरिएको छ ।