२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, प्रत्यक्षतर्फ कांग्रेस पहिलो ,समानुपातिकमा एमाले

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, प्रत्यक्षतर्फ कांग्रेस पहिलो ,समानुपातिकमा एमाले
अ अ+ अ-

काठमाडौं ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।

यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।

नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात÷सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । प्रतिनिधिसभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा कांग्रेसबाट विश्वप्रकाश शर्मा, दीपक खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार राय, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ, श्यामकुमार घिमिरे, मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदयशम्शेर राणा र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।

यस्तै राजेन्द्र बजगाइँ, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शङ्कर भण्डारी, राजु थापा, धनराज गुरुङ, शशाङ्क कोइराला, विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पालकुमार शाही, पूर्णबहादुर खड्का, हृदयराम थानी, बद्रीप्रसाद पाण्डे, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, दीलेन्द्रप्रसाद बडू, शेरबहादुर देउवा, नारायणप्रकाश साउद र रमेश लेखक निर्वाचित हुनुभएको छ ।

एमालेबाट योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवासचन्द्र नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली, राजेन्द्रकुुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लीलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्र्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल वैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, वासुदेव घिमिरे, बलराम अधिकारी मङ्गलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ विजयी हुनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट सुदन किराँती, अमनलाल मोदी, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ (दोङ), माधव सापकोटा, गङ्गा कार्की, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ डम्डुल लामा (भोटे_, शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले, जसपाबाट अशोककुमार राई, नवलकिशोर साह सुँडी, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव र प्रदीप यादव निर्वाचित हुनुभएको छ ।

राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, दीपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवलशम्मशेर राणा, ध्रुवबहादुर प्रधान र ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने, लोसपाबाट शरत्सिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुनकुमार चौधरी र गङ्गाराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्द्रकान्त राउत तथा स्वतन्त्ररुपमा योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी निर्वाचित हुनुभएको छ ।रासस