२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदी सीमामा सरकारको निरिहता वर्तमान पुस्तालाई स्वीकार्य छैन– रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नेपाल–भारत सीमा महाकाली नदीको वारितिर नेपाली नागरिकले दुःख पाउँदा पनि नेपाल सरकारले नजरअन्दाज गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “त्यही महाकाली नदीमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सधैँका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहीँ कतै देखिँदैन ।”

वर्षौंको यो निरिहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तराष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? भन्दै उनले प्रश्न गरेका छन् ।

आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु नभई कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई भन्दै उनले राज्य यस्तो हुन नहुने बताएका छन् ।

नेपाल सरकारको निरिहताको अर्थ अब खोज्नुपर्ने बेला आएको भन्दै उनले यस्तो निरिहताको निरन्तरता वर्तमान पुस्तालाई स्वीकार्य नभएको बताएका छन् । सरकार अब यसरी चल्नु हुँदैन भन्दै उनले यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौँ। दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।