• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा

नेपथ्य लाइभ कन्सर्टको सबै तयारी पुरा, आदर्शनगरमा झुम्नेछ वीरगञ्ज



वीरगञ्ज । वीरगञ्जमा आज हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयार पुरा भएको छ ।

मानव सेवा आश्रमको आयोजनामा मानवता प्रवर्द्धनका साथै मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले आज अपरान्ह ४ बजेदेखि ८ बजेसम्म वीरगञ्जमा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयार पुरा भएको हो ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापी रुपमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तरगत दोस्रो कार्यक्रमको रुमपा वीरगञ्जको आदर्शनगर रंगशालामा आज पाँच हजार मानिसको सहभागितामा नेपथ्य गुञ्जिँदै छ ।

उक्त महिनाव्यापी कार्यक्रमअन्तरगत मङ्सिर १६ गते पहिलो कन्सर्ट पाँच हजार दर्शकको उपस्थितिमा विराटनगरमा सम्पन्न भएको थियो । वीरगञ्जमा अन्तराष्ट्रियस्तरको सांगीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय हो ।  मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो ।

हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ । पर्साको वीरगञ्ज महानगरपालिका ९ स्थित रानीघाटमा ६ वर्ष अघि स्थापना भएको मानवसेवा आश्रममा हाल अभिभावक विहिन ५० व्यक्तिहरु आश्रित रहेका छन् ।

वीरगञ्ज महानगरपालिका १५ स्थित लक्ष्माननौतनमा झण्डै रु १५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणका लागि आर्थिक जोहो गर्न तथा मानवता प्रवद्र्धन गर्न नेपथ्य लाइभ कन्सर्टले सघाउ पु¥याउने विश्वास लिइएको छ । आगामी अर्को कार्यक्रम यही २२ गते हेटौडा र २५ गते चितवनमा पनि हुँदै छ । त्यसपछि नेपालगञ्ज, सुर्खेत, धनगढी , बुटवल, पोखरा र काठमाडौँमा कार्यक्रम हुने छ ।