• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

कतार विश्वकपः आज दुई खेल हुँदै



काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन् ।

प्रि–क्वाटरफाइनल अन्तर्गत पहिलो खेल राति ८ः४५ बजे जापान र क्रोएसियाबीच हुँदैछ । यी दुईबीचको खेल अल जानुब रंगशालामा हुनेछ । जापान समूह ‘ई’ बाट विजेता बन्दै र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यस्तै, आजै राति १२ः४५ बजे स्टेडियम ९७४ मा दोस्रो खेल ब्राजिल र दक्षिण कोरियाबीच हुँदैछ ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । दुबै खेलका विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।