५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले तटबन्ध बनाउन महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा तनाव



अ+ अ-

काठमाडौं । भारतले तटवन्ध निर्माण गर्न महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा स्थानीयले बिरोध गरेका छन् ।

भारतले पूर्व सहमति बिपरीत तटबन्ध निर्माण गरेपछि स्थानीय बासिन्दाहरूले सांकेतिक रुपमा बिरोध गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भारतले आफ्नो क्षेत्रमा तटबन्ध बनाउने क्रममा महाकालीको धार परिवर्तन गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।’


असारमा महाकालीको बाढीले दार्चुलामा क्षति पुर्याएको थियो । पुनः नदीको धार परिवर्तन गर्दा नेपाली भूमिमा कटान हुन सक्ने भन्दै बिरोध भएको हो । प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, ‘काम सुरु हुनु भन्दा अघि भारतीय पक्षसंग एक खालको सहमति भएको थियो तर सहमति बिपरीत काम गर्दा स्थानीय आक्रोशित बने ।’

स्थानीयको बिरोध पछि पुनः भारतीय पक्षसंग कुराकानी गरी समस्या समाधान गरिएको जानकारी उहाँले दिनुभयो । अब निर्माण कार्य गर्दा नदीलाई बीचमा पारेर गर्ने सहमति भएको छ ।