२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फ्रान्स र पोल्याण्ड भिड्दै, कुन टिम पुग्ला त क्वाटरफाइनलमा?



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।राउण्ड अफ १६ मा पुगेका फ्रान्स र पोल्याण्डले अल थुमामा स्टेडियममा एकअर्काको सामना गर्नेछ ।

नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुने उक्त खेलमा समूह ‘डी’ बाट समूह विजेता बनेको फ्रान्स पोल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा जान चाहन्छ । समूह ‘सी’को उपविजेता बनेको पोल्याण्ड पनि फ्रान्सलाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

फ्रान्स र पोल्याण्डबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले ८ खेल जितेको छ भने पोल्याण्डले ३ खेल जितेको छ । यी दुईबिचको ५ खेल बराबरीमा सकिएको छ ।

फ्रान्सको तर्फबाट सम्भावित सुरुआती-११

हुगो लोरिस, जुलेस कुन्डे, डायोट उपामेकानो, राफायल भरान, थियो हर्नान्डेज, अरेलिन तुचामेनी, एड्रिन राबिअट, एन्टोनियो ग्रीजम्यान, ओसुमाने डेम्बेले, ओलिभर जेरुड, केलियन एमबाप्पे

पोल्याण्डको तर्फबाट सम्भावित सुरुआती-११
वोजसिएच स्जेस्नी, जान बेड्नारेक, कामिल जिल्क, जान बेड्नारेक ,जाकुब किविओर, रोबर्ट गुम्नी, सिमोन जुर्कोस्की, म्याटी क्यास, सेबास्टियन सिमान्स्की, प्रजेमिस्लाव फ्रान्कोव्स्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक