१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

मेस्सी र रोनाल्डो : को उत्कृष्ट ?

मेस्सी र रोनाल्डो : को उत्कृष्ट ?
अ अ+ अ-

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिले सबैको नजर सर्वकालिक उत्कृष्ट खेलाडीमध्ये अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो माथि छ ।

मेस्सी र रोनाल्डो दुवै विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो अन्तिम उपस्थितिमा उपाधि जित्ने आशामा छन्। अर्जेन्टिना जारी विश्वकपमा अस्ट्रेलियालाई २–१ ले हराएर कार्टरफाइनलमा पुगिसकेको छ । अब क्वार्टरफाइनलमा उसको भेट नेदरल्यान्ड्ससँग हुँदैछ । पोर्चुगलले क्वार्टरफाइनलमा पुग्न स्विट्जरल्यान्डसँग प्रिक्वार्टरफाइनल खेल खेल्न बाँकी नै छ ।

अर्जेन्टिनाका मेस्सी ३५ वर्षका छन् भने पोर्चुगिज स्टार रोनाल्डो ३७ वर्षका छन् र उनले अर्को विश्वकप खेल्ने सम्भावना कम छ ।

युरोपेली लिगमा एक वर्षमा सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी’ओर मेस्सीले सात पटक र रोनाल्डोले पाँच पटक जितेका छन् । दुवै खेलाडीले एक हजार अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । आउनुहोस् यी दुई खेलाडीबीच तुलना हेरौँ :

१. अल टाइम करियर

मेस्सी
उपस्थिति : १०००
असिस्ट : ३४८
गोल : ७८९
प्रतिगोल १०४ मिनेट
७२ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ११४३
असिस्ट : २३४
गोल : ८१९
प्रतिगोल ११३ मिनेट
८८ मिनेट प्रतिगोल योगदान

२. अल टाइम क्लब

मेस्सी
उपस्थिति : ८३१
असिस्ट : २९७
गोल : ६९५
प्रतिगोल ९८ मिनेट
६९ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ९४९
असिस्ट : २०१
गोल : ७०१
प्रतिगोल ११० मिनेट
८६ मिनेट प्रतिगोल योगदान

३. अल टाइम लिग

मेस्सी
उपस्थिति : ५५९
असिस्ट : २१६
गोल : ४८७
प्रतिगोल ९३ मिनेट
६५ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ६५१
असिस्ट : १४४
गोल : ४९८
प्रतिगोल १०५ मिनेट
८१ मिनेट प्रतिगोल योगदान

४. अल टाइम च्याम्पियन्स लिग

मेस्सी
उपस्थिति : १६१
असिस्ट : ४०
गोल : १२९
प्रतिगोल १०४ मिनेट
७९ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : १८७
असिस्ट : ४२
गोल : १४१
प्रतिगोल ११५ मिनेट
८९ मिनेट प्रतिगोल योगदान

५. अल टाइम घरेलु क्लब

मेस्सी
उपस्थिति : ८१
असिस्ट : ३३
गोल : ५६
प्रतिगोल ११८ मिनेट
७४ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ८२
असिस्ट : १०
गोल : ४५
प्रतिगोल १४७ मिनेट
१२१ मिनेट प्रतिगोल योगदान

६. अल टाइम डोमेस्टिक सुपर क्लब

मेस्सी
उपस्थिति : २१
असिस्ट : ५
गोल : १५
प्रतिगोल ११७ मिनेट
८८ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ११
असिस्ट : ०
गोल : ६
प्रतिगोल १४४ मिनेट
१४४ मिनेट प्रतिगोल योगदान

७. अल टाइम युईएफए सुपर क्लब

मेस्सी
उपस्थिति : ४
असिस्ट : २
गोल : ३
प्रतिगोल १४० मिनेट
८४ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : २
असिस्ट : ०
गोल : ३
प्रतिगोल ४९ मिनेट
४९ मिनेट प्रतिगोल योगदान

८. अल टाइम क्लब वर्ल्ड कप

मेस्सी
उपस्थिति : ५
असिस्ट : १
गोल : ५
प्रतिगोल ८५ मिनेट
७१ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : ८
असिस्ट : ३
गोल : ७
प्रतिगोल १०६ मिनेट
७४ मिनेट प्रतिगोल योगदान

९. अल टाइम युईएफए/युरोपा लिग

मेस्सी
उपस्थिति : ०
असिस्ट : ०
गोल : ०
प्रतिखेल शून्य गोल

रोनाल्डो
उपस्थिति : ८
असिस्ट : २
गोल : २
प्रतिगोल ३२५ मिनेट
१६३ मिनेट प्रतिगोल योगदान

१०. अल टाइम इन्टरनेसनल्स

मेस्सी
उपस्थिति : १६९
असिस्ट : ५१
गोल : ९४
प्रतिगोल १४८ मिनेट
७१ मिनेट प्रतिगोल योगदान

रोनाल्डो
उपस्थिति : १९४
असिस्ट : ३३
गोल : ११८
प्रतिगोल १४८ मिनेट
९६ मिनेट प्रतिगोल योगदान

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सर्वकालिक दुई उत्कृष्ट फुटबलर हुन् । उल्लेखनीय कुरा के छ भने यी दुवै खेलाडीको करियर धेरै हदसम्म मिल्दोजुल्दो छ । दुवै खेलाडीले एक दशकभन्दा बढी समयदेखि खेलमा प्रभुत्व जमाउँदै आएका छन्। तर सबैभन्दा राम्रो को हो ?

यी दुवै खेलाडीलाई विभिन्न कोटीमा तुलना गरिएको छ । उत्कृष्ट खेलाडी को हो भन्ने निर्णय गर्ने जिम्मा तपाईंलाई ।
स्रोत एजेन्सी