• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल

सभ्य समाजका असभ्य हामी



सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान । यस वर्षको नाराले यो आलेख लेख्न आकर्षित गर्यो, हरेक वर्ष नेपालमा लैङ्गिक हिंसा बिरुद्धको अभियान विभिन्न गतिविधिहरु संचालन गरि मनाईने गरिन्छ ।

यस्ता विषयहरुमा प्रायः दिवस, तालिम, सभा समारोह, गोष्ठी लगायतका विभिन्न गतिविधिहरु हुने गर्दछन । यसरी दिवश मनाईयो भने फोटाहरु र आफ्ना विचारहरु अनगिन्ति पढ्न र देख्न पाईन्छ । के समाज ब्यानरहरु, प्लेकार्डहरु र नाराहरुमा उल्लेख भए झै छ वा अझ विकाराल छ । तर्कहरु आफ्नै हुन सक्दछन । प्रगति नभएको हैन घनिभुत प्रगति भएको देख्न सकिन्छ । भर्खरै आम निर्बाचनमा नव उदय भएका युवा पुस्ताहरु जो यहि समाजका उपज हुन । आगो खाएर काईला ओकल्नेहरु माननिय भएको देख्न पाएका छौ, समय छ आशा पनि छ ।

के सभ्य समाज निमाणार्थ नेपालका तीनै तहका सरकारहरु तल्लीन छन् त ? के नेपालमा काम गर्ने सबैखाले सरकारी र गैह् सरकारी संघ संस्थाहरुले निपुर्ण रुपमा कार्य गरेका छन त ? कसरी र कहिले हुने हो सभ्य समाज ? कसले बनाउने हो हाम्रो समाजलाई सभ्य समाज ? के एक दिने सभा, गोष्ठी,तालिम, अभिमुखिकरणले रातारात समाज परिवर्तन हुन्छ वा यि सबै फगत हुन वालुवामा पानि खन्याए झै ।

एक मनले भन्छ हैन केहि परिवर्तन भएको छ, र परिवर्तन यस्तै गतिविधिहरुबाट भएको हो, हैन अर्को मनले भन्छ खै त परिवर्तनको प्रभाव, खै लैङ्गिक हिंसमा कमी आएका सुचकहरु, कुन कुन महिलाले परिर्वतनको आभाष पाए वा कुनु कुन पुरुषको व्यवहारमा परिवर्तन भयो ? के पुरुषले खाना पकाउन थाले पछि सभ्य समाज हुन्छ कि ? कि महिलाले कार कुदाउदा ? यि त काम हुन, सिप हुन, क्षमता हुन ।

कसैले कुनै कामकाज गरेर सभ्य समाज हुने भने होइन । जुन व्यक्तिको जे विषयमा रुची छ, क्षमता छ उसलै त्यही विषयलाई आफ्नो पेशा बनाएर जिवनयापन गर्ने हो र गरिरहको पाईन्छ । सरकारले कोटा प्रणाली लागु गर्यो महिलाले जागीर खान थाल्नु भयो अब समाज सभ्य बनिसक्यो त ? खै मैले जागीर खाएका नखाएका न महिलाहरु न त पुरुषहरु सबैमा हुनपर्ने जति सभ्यपना भएको महशुसीकरण गर्न सकेको छैन र यहि नै हो समस्याको मुल जड ।

सभ्यता जाती, बर्ग, लिङ्ग विशेष हुदैन यो त मानव व्यवहारको कसी हो, यो संस्कृति, परम्परा र चेतनास्तरको उपज हो । प्रविधिको उच्चतम युगमा प्रवेश गरिरहेको यो समयमा हामीले अझै ढुङ्गे युगका कथा, बनपाखामा गाईने ब्यथाका गीत गाउने, सुन्ने हो कि आफ्ना समस्या सिधा सटिक रुपमा राख्न सक्नु र त्यो समाथ्र्य र वातावरण सृजना कसले गर्ने हो ?

हिजो टाउकोमा नाम्लो बोक्नेहरुको हातमा मोबाईल छ, घरमा टेलीभिजन छ, छोरा छोरी विद्यालय जान्छन, बजार जानलाई दुई चार सय गोजीमा छ, रातो राम्रो,गुलीयो मिठो खान लाउन पुगेकै छ । यस्तै सुचकहरुलाई तालिकाबद्ध देखाएर प्रतिवेदन आउछन्, अझ सफलताका कथा पनि बन्छन, कार्यक्रम सभा सम्मेलनमा चर्को आवाज आउछन् अर्को तर्फ साँझ घरपुग्दा नपुग्दै समाचारमा देख्न सकिन्छ हत्या, बलात्कार, विभेद ।

यो कुनै स्थान विशेष, जाती विशेष विषय हैन तर अझै पनि गरिबी, अशिक्षा जस्ता कारणहरु देखाएर हत्या जस्तो विषयलाई कम आंकलन गरेर न्याय र अन्याय बिचमा तोल मोल हुन्छ अनि हामी खोज्दछौ सभ्य समाज ।

समाज आफै सभ्य छ र हुन्छ मात्र हामी आम नागरिक सभ्य भैदिए काफी हुन्छ । हरेक व्यक्ति सभ्य हुनु जरुरी छ । महिला महिला भएको कारणले कुनै हिंसा भोग्नु नपरोस अनि पुरुष पुरुष भएको कारण, कुनै तेश्रो लिङ्गी भएको व्यक्ति सोही कारण हिंसा भोग्नु नपरोस यहि हो परिभाषा लैङ्गिक हिंसाको तर परिभाषाको सुगा रटाईले समाज सभ्य हुने होईन । ३ दिने तालिमले सिकाउने गरेको विषय यति नै हो तर ब्यबाहारिक रुपमा घर, समाज, कार्यालय, यत्र तत्र सर्वत्र हिंसा कायम छ यसको मतलब हामी असभ्य छौं,हाम्रो समाज अझै असभ्य नै छ । हाम्रो योजना निमार्ण कस्तो छ, हामीले के कति बजेट वा समय सभ्य समाजका लागि खर्चिएका छौं, कति जना व्यक्तिहरुलाई ज्ञान, सिप प्रदान गरेर क्षमता अभिवृद्धि गर्यौ यसको लेखाजोखा सरकारका कुनै निकायमा नहुन सक्छ ।

एक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले आफै हिंसामा परेको विषय उठान गर्नु भएको थियो, अन्य सहभागि महिलाहरुले सहानुभुति प्रकट गर्नु भयो । किन चाहियो महिलालाई बजेट, सडक खन्ने, कालो पत्रे गर्ने, निमार्ण सम्बन्धि कार्यहरु भन्दा अरु क्षेत्रलाई काम नठान्ने प्रवृतिले जरो गाडिसकेको छ अनि उप मेयर, उपाध्यक्ष, महिला सदस्य दलित महिला सदस्य, कार्यपालिका सदस्य जस्ता कोटा प्रणाली त्यहाँ पनि राजनीतिक दलको कार्यकर्ताको सुचीकृत विवरणबाट प्रवेश गर्ने परिपाटीका कारण जति हुनु पर्ने हो त्यती विकास, परिवर्तन, शुसासन, भएको छैन यो तितो यथार्थ नेपालका सबै स्थानिय तहमा देखिन्छ । निर्णायक तहमा नपुग्दाको परिणाम भोग्नु भएको उदाहरण उपाध्यक्ष नै बजेट र योजनाका बारेमा अनविज्ञ हुनु हो भन्ने बुझिन्छ ।

हामीले आफ्नो काम गरे पुग्छ, जो हामी आफै गर्न सक्छौ । अरुलाई सम्मान गरे हुन्छ । मर्यादा, पहुँच, सहभागिता र सुरक्षा यी चार खम्बाहरु जबसम्म बलिया हुदैनन् तब सम्म समाज सभ्य बन्न कठिन छ । यी विषयहरु झट्ट सुन्दा, पढ्दा लागु भएको जस्तो लाग्छ तर यथार्थमा सभ्य समाज निमार्ण नहुनुमा यी विषयहरुले सुक्ष्म रुपमा समाजमा प्रवेश गर्न पाएकै छैनन् ।

समाजका दुई चार दम्पतीमा श्रीमानले श्रीमतीलाई सम्मान गररे, कतै बोकेर दौडेर सम्मान हुने कुरा होईन । सम्मान कस्तो हुनु पर्छ उदाहरण अहिले होईन माहाभारतको कथामा पनि उल्लेख गरेर बुझाउने प्रयास भएको हो, द्रौपदीको लडाई मर्यादाको हो तर बुझाईमा अपब्याख्या गरिएको पाईन्छ । सीताको लडाई मर्यादाको हो र पुरुषोत्तम राम भनियो ।

जुन नियम, कानुन सेवा सुविधका जसले पाउनु पर्ने हो तिनिहरु दुर दराजमा छन् अझ भनौ ल्यापटप र कम्प्युटरका फाईलमा छन । उनीहरुको त्यहाँ सहज पहुँच छैन जहाँबाट सहज सेवा पाईन्छ, सुविधा पाईन्छ । छोराको हात भाँचिएको छ, आमालाई कुन सबै भन्दा सस्तो अस्पतालक हो थाहा छैन, भनौ सरकारी अस्पतालबाट पाउने सुविधा उनले पाउनका लागि उनको सहज पहँुच छैन । आर्थिक समस्याले गर्दा ३ दिन सम्म भाँचिएको हात लिएर आमा छोरा सस्तो अस्पताल खोजी गर्दै हिडेको म आफैले भेट्दा मन खिन्न भयो । मैले जानेको कुरा बताई दिए ।

लैङ्गिक हिंसा होस वा अपाङ्ग दिवश वा जेष्ठ नागरिक दिवश यि सबैका प्रमुख पात्र भनेका वास्तविक भोगेका, बुझेका व्यक्तिहरु ने हुन तर उनिहरुको सहभागिता अझ अर्थपुर्ण सहभागिता कता छ ? कसरी हुन्छ अर्थ पुर्ण सहभागिता ? कतिपय कार्यक्रमहरु बाजा गाजा, ताम झाम, फुल माला, सोफामय हुन्छ, मिनिरल बोतलका पानिले सजिन्छ,एक दिन एक बोतल पानि पिएर त हुन्न, साझँ घर पुगेर त्यही कुवाको पानी भर्न १ घण्टा धाउनु पर्ने समुदाय धेरै छन । अनि अयोजकको दिन अतिथीवर्गको चाकडीमै सकिन्छ । आएका सहभागिहरुलाई यातायात खर्च दिन नियमले मान्दैन तर अतिथिको गाडीमा ईन्धन राख्ने कुपन पहिले तयार हुन्छ । कसरी सहभागितामुलक भयो । मात्र दिवस सम्पन्न भयो काम तमाम ।

सबैको जिब्रोमा झुण्डीएको बिषयहो सहभागिता तर लक्षित वर्गलाई ध्यानमा राखेर कमै कार्यक्रमहरुको स्थान तय गरिन्छ । गाउँ तथा नगपालिकाको सभाहल भित्र बोलाएर एक दिनमा के तिनले आफ्ना हिंसाका घटना सुनाउन सक्छन ? दुनियलाई आफ्ना दुःख सुनाएर के पाइदो हो भन्ने जसलाई पनि लाग्छ त्यो पनि सार्बजनिक स्थानमा । यसरी बाहिरी अवलोकनले न हिंसाका रुप पत्ता पाईन्छ न समस्या समाधान नै हुन्छ ।

के गर्नु पर्छ त ?

सबैको जिज्ञासा यहि हुने गर्दछ । अभैm सम्म हामी अब के गर्नु पर्छ भन्ने अलमलमा छौ कि हामीलाई साच्चै अलमल्याएको नै हो ? यो गम्भीर विषय हो । गाई भैसीबाट धेरै दुध लिन हामीले के गर्नु पर्छ ? बालीनालीबाट धेरै उत्पादन लिन हामीले के गर्नु पर्छ ? यि दृष्टान्त समान्य लागे पनि गर्नु पर्दा धेरै कठिन भने पक्कै छन । सबैले जानेका तर नमानेका मात्रै हौं ।

सभ्य समाज बनाउन लैङ्गिक हिंसा गर्नु हुदैन । लैङ्गिक हिंसा कमी गर्ने होईन हटाउने नै हो । यो मानव जन्य विषय हो जसलाई हटाउन सकिन्छ, प्राकृतिक विषय पो कम गर्ने हो । पहिलो हाम्रो लक्ष्य निर्धारण मै कमजोरी छ, हिंसा न्यूनिकरण हुदैन, कति जनाको मृत्यू भए न्युनकिरण भन्ने त ? वा कति किशोर किशोरीले नाम लेख्न जानेमा न्यूनकिरण भयो भन्ने त ? निति नियम पनि बनेकै छन्, विभिन्न किशिमका भत्ता सरकारले दिएकै छ अब के गर्ने वा यो क्षेत्रमा जति गरे पनि कमी हुन्छ यस्तै बाहानाले हामी धकेलिदै यहाँसम पुगेका छौ ।

लैङ्गिक हिंसाका उपायहरु पत्तालगाउन मोबाईल सर्भे पनि गरियो, तालिम पनि गरियो, दिवश पनि मनाईयो तर समुदायमा समस्या ज्यँु का त्युँ छ । समस्याको मुल जरो गर्ने, गराउने र पाउने सबैमा देख्छु म । हो हाम्रो गर्ने तरिका र समुदायको लिने तरिका मिलेन की ? झोला बोकेर गाउँमा आएका मान्छे सबै डलर खाने, भत्ता पचाउने भनिर चिन्ने प्रचलन छ यो बिचार अथावा परिचय कसरी बन्यो ? म आफैले पनि भोगेको छु यस्ता कुराहरु, मैले सबैलाई त उत्तर दिन उचित ठान्दिन तर वास्तविक प्रश्न गर्ने व्यक्ति वा समुदायमा यथार्थ उत्तर दिने गरेको छु ।

सहभागिता र पहुँचका क्षेत्रमा हामीले अझै धेरै काम गर्नु पर्छ । लक्षित वर्ग सम्म गतिविधिहरु पुग्न सकेका छैनन अनि कसरी हुन्छ परिवर्तन । धेरै जस्तो सरकारी तथा गैह् सरकारी निकायका कार्यक्रमहरुमा सहभागिता हुने व्यक्तिहरु दोहोरिनु, भत्ताको लोभले कार्यक्रम राम्रो भयो , राम्रो गरेका छौं भनेर हामीले हामीलाई नै कतै पछि पारेका त छैनौ । हाम्रा कार्यक्रमहरु सभाहल, होटल तर्फ धेरै आकर्षित भए की ? हाम्रो अनुगमन प्रणाली परम्परगत भयो की ? किन हामीले लक्षित वर्गलाई सहभागि बनाउन सकेनौ ? यस बारेमा छलफल गरेनौ कि ।

यस्ता धेरै समान्य कुराहरु छन जसले गर्दा समस्यालाई बुझ्ने हाम्रो समान बुझाई हुन सकेन । फलाना संस्थाको वैठक, फलानको योजना, फलानाको कार्यक्रममा बसेर हामीले आफ्ना कुरा कहिले गर्ने हो, यसरी आएको परिवर्तन त सरकारको लागि बनाईदिएको सौचालय जस्तो मात्र हुन्छ, सौचालय निमार्ण त भयो तर अर्काको लागि, निमार्ण एक ठाउँमा प्रयोग अर्को ठाउँमा । गर्ने काम धेरै छन् पहिलो त तथ्यांक ठिक हुनु पर्छ, दोश्रो आवशयकताका आधारमा योजना बनाउनु पर्छ न कि माग का आधारमा । तेश्रो तल्लो तहबाट कार्यान्वयन शुरु गर्नु पर्छ कतिपय योजना तल्लो तहमा पुग्ने बेलामा हाम्रो अबधि सकिन लाग्यो, लौ यति त छिट्टै सक्नु पर्छ, समय छैन भन्ने प्रचलन बढ्दो छ ।

जब कार्यान्वयन तहमा योजना पुग्छ अनि बाधा अवरोध आउछन अनि खेल खत्तम । चोथौ अपनत्व हुन पर्छ यसका लागि सबैको लगानी, साझेदारी र सहभागिता आवश्यक हुन्छ । पाँचौ पारदर्शिता, हाम्रो लागि आएको योजनाको लागत के कति हो ? कुन बिधिबाट खर्च गरिन्छ सबैले थाहा पाउनु पर्छ अनि विश्वाश र स्वीकार्यता हुन्छ । यसमा अन्य धेरै पक्षहरु हुन्छन, समाज, संस्कृति, भुगोल, मानविय क्षेत्रहरु जसले फरक भुमिका खेलेका हुन्छन । अन्त्यमा, सभ्य समाज निमार्ण गर्नेक्रममा एकले अर्कालाई मर्यादा गरौ, कालोलाई कालो र सेतोलाई सेतो भन्ने बानिको विकास गरौ ।