१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाको आठौँ सम्पन्न, अध्यक्षमा दीपक पुनः निर्वाचित



अ+ अ-

सउल । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन हुनुभएको छ । निकै लामो चुनावी अभियानपश्चात् उहाँ पुनः सर्वसम्मतिमा चयन हुनुभएको हो ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परी गुरुङ, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एवं सदस्यमा डा रोशन शर्मा, सन्तोष खड्का, रमेश थापामगर, गङ्गा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल र गम्भीरमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

अध्यक्षलगायतका सम्पूर्ण पदाधिकारी सहमतिले निर्वाचित भए पनि सचिव पदमा तीन जनाको दावी रहेपछि अनलाइन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको थियो । भोटिङमार्फत गरिएको निर्वाचनमा परि गुरुङले बाजी मार्नुभएको थियो । गुरुङसँग प्रतिस्पर्धामा हरिप्रसाद भट्टराई, राजकुमार राई उत्रिएका थिए । निर्वाचित पदाधिकारीलाई आगामी शनिबार अनलाइनमार्फत शपथ ग्रहण गराइने निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन समितिको अन्तिम निर्णयानुसार सचिव पदबाहेकका आइसिसी सदस्यलगायत सम्पूर्ण पदमा सर्वसम्मतिमै चयन भएका हुन् ।