• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

क्यान्सरसँग लडिरहेका पेलेले आफ्ना फ्यानलाई दिए विशेष सन्देश



साओ पाउलो । ब्राजिलका दिग्गज फुटबलर पेलेले आफू ‘बलियो’ महसुस गरिरहेको र सबैलाई ‘शान्त र सकारात्मक’ रहन आग्रह गरेका छन् ।

पेले अहिले लाइफ सपोर्टको अन्त्यमा रहेको रिपोर्टमा भनिएको बेला उनले यो सन्देश दिएका हुन् । तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पेटको क्यान्सरको उपचार गराइरहेका छन् । उनी हाल साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना छन्।

प्रशंसकहरुलाई दिए म्यासेज

पेलेले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्ना प्रशंसकहरूलाई सन्देश दिएका छन् ।

उनले लेखेका छन्, “मेरा साथीहरू, म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु। म धेरै आशा र उपचारको साथ बलियो छु। मैले पाएको हेरचाहका लागि म सम्पूर्ण मेडिकल र नर्सिङ टोलीलाई धन्यवाद दिन चाहन्छु। मलाई भगवान्मा धेरै विश्वास छ र संसारभरि तपाईंबाट प्राप्त हुने प्रेमको हरेक सन्देशले मलाई ऊर्जाले भरिपूर्ण राख्छ। सम्पूर्ण कुराका लागि धन्यवाद।”

यससँगै उनले प्रशंसकहरुलाई विश्वकपमा ब्राजिलको खेल हेर्न अपिल गरेका छन् ।

सारा संसार गरिरहेको छ प्रार्थना

पेलेसँग सम्बन्धित समाचार आएपछि सारा विश्वले उनका लागि प्रार्थना गरिरहेको छ । फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेले सामाजिक सञ्जालमा लेखेका छन्, “म राजाको लागि प्रार्थना गर्दैछु।” यसका साथै फ्यानहरुले पनि उनको सुरक्षाको लागि प्रार्थना गरिरहेका छन् ।

अखबारको दावी

ब्राजिलको एउटा अखबारले शनिबार ८२ वर्षीय पेलेले केमोथेरापीको प्रतिक्रिया नदिएको बताएको थियो । उनको शरीरका धेरै अंगले काम गर्न छोडेको पनि बताइएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएको र अहिले अस्पतालमै भर्ना गरिने भएको छ ।
एजेन्सी