• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   सेन्ट भिसेन्टमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर) ★   टी–२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य ★   अमेरिका र आयरल्याण्डको खेल वर्षाले रद्द, पाकिस्तान बाहिरियो ★   युरो कप फुटबलः आयोजक जर्मनीको विजयी सुरुवात ★   राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक ★   आज सातै प्रदेशको बजेट घोषणा हुँदै, के छन् प्राथमिकता ? ★   विश्वकप क्रिकेट: नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति

दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता



दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्तगर्नुभएको छ ।

प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मतका साथ पछ्याइरहनुभएको छ ।

जिल्लामा समानुपातिकतर्फ २३ हजार छ सय १६ मतगणना गर्दा एमालेले नौ हजार तीन सय ३७३, कांग्रेसले सात हजार ४३ र माओवादी केन्द्रले तीन हजार दुई सय ४७ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । रासस