४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कांग्रेसमा प्रधानमन्त्री बहसः पार्टीमा छलफल गर्ने कि अरु पार्टी चाहार्ने ?

कांग्रेसमा प्रधानमन्त्री बहसः पार्टीमा छलफल गर्ने कि अरु पार्टी चाहार्ने ?
फाईलफोटो
अ+ अ-

काठमाडौँ । मतगणनाका क्रममा नेपाली कांग्रेसले लिड गरेको त थियो तर सबै परिणाम आइसकेको थिएन । त्यसो त  बाजुरा र दोलखाको परिणाम अझै आएकै छैन ।

उता समानुपातिकको परिणामको गणना जारी रहेकाले कुन दलले कति सिट पाउने भन्ने तयअझै भएको छैन । तर रामचन्द्र पौडल माधव नेपाल भेट्न हप्ता दिन अघि नै घर पुगिसके । उनी नेपाललाई भेट्न गएका मात्र होइनन् कि मुखै फोरेर आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह नै गरे । माधव नेपालले पनि हुन्छ, म पार्टीमा सल्लाह गर्छु भने ।

उनको पद पछ्याउँदै अर्का नेता प्रकाशमान सिंह बालकोट पुगे केपी ओली भेट्न । उनले केपी ओलीसँग प्रधानमन्त्रीका लागि सहयोग मागे मागेनन् त थाहा भएन तर आफू अब प्रधानमन्त्रीको उम्मेदवार भएको चाहिँ बताए । अब पनि नभए आफू कहिले प्रधानमन्त्री हुने भन्ने निश्चित नभएकाले अब आफू नै पार्टीमा प्रधानमन्त्रीको उम्मेदबार भएको बताएका थिए । त्यसो त प्रकाशमानले यसअघि नै आफू अब प्रधानमन्त्रीको उम्मेदबार भएको दाबी सार्वजनिक रप्मा गर्दै आएका छन् ।

यता काँग्रेस नेता गगन थापाको झन् कुरै भएन । उनले त आफू काठमाडौँ ४ बाट उम्मेदवार भए लगत्तै देखि जै आफू प्रधानमन्त्रीको दाबेदार भएको बताएका थिए । उनले अहिले पनि आफू प्रधानमन्त्री हुने र संसदीय दलको नेताको उम्मेदबार बन्ने बताएका छन् । उनले पनि पार्टीभित्र सल्लाह गरेका छैनन्, जसरी रामचन्द्र पौडेल र प्रकाशमान सिंहले गरेका थिएनन् ।

गत बुधबार कांग्रेस नेता विश्वप्रकाश शर्मा झापाबाट काठमाडौँ आए । विमानस्थलबाट सीधै उनी गगान थापाको निवास पुगे । त्यहाँ केही मुख्य अनलाइन र टिभी बोलाइएको थियो । उनले गगन थापालाई निर्वाचन जितेकामा बधाइ दिए । मिडियाले प्रश्न गरे– अबको प्रधानमन्त्री को हो काँग्रेसमा ? शर्माले जबाफ दिए– अबको प्रधानमन्त्री गगन नै हुन्, संसदीय दलको नेतामा म नै प्रस्तावक बस्छु ।

यतिखेर नेपाली काँग्रेस पार्टीभित्र प्रधानमन्त्री को बन्ने भन्न बहस चलेको छ । यसको सुरुआत महामन्त्री गगन थापाले गरेका थिए र त्यसलाई अरु नेताहरुले पनि पछ्याइरहेका छन् । उता शेखर कोइरालाले भने यस विषयामा खुल्न चाहेका छैनन् । गत बिहीबार विराटनगरमा निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा उनलाई प्रेसले सोधेको थियो– तपाईँ प्रधानमन्त्रीको दाबेदार हो कि होइन ? गगन थापाले त आफू पार्टीको संसदीय दलको नेतामा उठ्ने बताएका छन् यहाँको समर्थन हुन्छ कि हुदैन ? तर यी दुवै प्रश्नमा उनी खुल्न चाहेनन् । उनले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न पनि चाहेनन् र गगन थापालाई प्रधानमन्त्रीका रुमपा आफ्नो समर्थन रहेको भन्न पनि चाहेनन् । अहिले केही भन्दिन, पार्टीमा छलफल होला अनि कुरा गरौँला ।

यी सबै बाहिरबाहिरै भएका कुरा हुन् पार्टीभित्र यसको औपचारिक छलफल नै भएको छैन । काँग्रेसले नै प्रधानमन्त्री पाउने अवस्था आयो भने पार्टीबाट को त ? यसको पनि कुनै औपचारिक निर्णय भएको छैन । तर नेताहरु भने आफू प्रधानमन्त्री बन्ने भन्दै बाहिरै सार्वजनिक गर्दै आएका छन् । यसरी दाबी गर्ने क्रम अहिले पनि जारी नै छ ।

गगन आफ्नै कुरा गर्ने हो भने उनलाई अहिलेदेखि नै अरु पार्टीले खेल्न थालिसकेका छन् । नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको दाबी सरकारमा नरहने बरु अरु दलले युवा उम्मेदबार उठायो भने आफूहरुको सहयोग हुने बताएका छन् । यसको अर्थ के हुन्छ भनेर काँग्रेसले खोजेको त छैन तर पनि काठमाडौँका अरु क्षेत्रमा सो दलले उम्मेदबार उठाउने तर गगनको क्षेत्रमा नउठाउने गर्दा सो पार्टीले गगनलाई सहयोग सुरु गरेको बुझ्न भने गाह्रो छैन ।
तर यता पार्टी सभापति शेरबहादुर देउवाले भने अहिले पनि आफू नै प्रधानमन्त्री बन्ने भन्ने औपचारिक निर्णय सार्वजनिक गरेका छैनन् ।

हुनत मिडियाले नै उनी प्रधानमन्त्री बन्ने भनेका छन् भने उनी निकट पार्टीका नेताहरुले पनि देउवा नै बन्ने भनेका छन् तर देउवाले भने आफैले केही सार्वजनिक गरेका छैनन् । जस्तो कि हिजोमात्र पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर खड्काले पार्टी सभापतिले नै चाहना राख्नुभयो भने अरुले प्रधानमन्त्री हुन खोज्ने कुरै आउँदैन । त्यस्तै उता पार्टीका प्रवक्ता प्रकाशशरण महतले त चुनावताका नै अबको प्रधानमन्त्री देउवा नै हुने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा भने सबै कुरा पार्टीमै आओस् र पार्टीले नै निर्णय गरोस् भन्ने चाहन्छन् । उनी गठबन्धनको नेतृत्वकर्ता नेताका तर्फबाट देशका विभिन्न क्षेत्रका चुनावी सभामा पुगे र गठबन्धनका उम्मेदबारलाई मतदान गर्न आह्वान पनि गरे । तर न प्रकाशमान सिंहले काठमाडौँ छोडे र नत रामचन्द्र पौडेलले तनहुँ । यता काठमाडौँ– ४ का उम्मेदबार गगनले पनि यसपालि काठमाडौँ छोडेनन् । बरु पहिलेका निर्वाचनहरुमा उनी देशव्यापी रुपमा नै भाषण गरेर हिँडेका थिए तर अहिले भने आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र गएनन् ।

काँग्रेसले यो निर्वाचनमा के कति सिट ल्याउँछ, यसले पार्टीको इज्जतमा कुनै धक्का पो लाग्ला कि भनेर सभापति देउवा चिन्तामै थिए तर पार्टी सभापति देउवाबाहेकै प्रधानमन्त्रीको चर्चा भने सुरु भयो । जसले चुनावका बेलामा आफ्नो निर्वाचन क्षेत्रबाहेक बाहिर कतै टेक्न सकेन, उनी आफ्नो हार होला कि भन्ने मात्र चिन्तामा बस्यो उसलाई नै प्रधानमन्त्रीको चाहना झन् बढी देखियो ।

पार्टी सभापति देउवा पार्टी नेतृत्वको सरकारका लागि राष्टिय सहमतिको अभ्यास र कसरतमा छन् । काँग्रेसले मात्र बहुमत ल्याउन नसकेपछि अहिलेकै गठबन्धनको पक्षमा सरकार निर्माणको पहलका लागि उनको प्रयास जारी छ । उनीमाथि चारतिर फर्केरका कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याएर सरकार निर्माणको भार छ ।

आफू नै बन्दा पनि पहिला संसदीय दलको नेताको निर्वाचन चाहिन्छ तर त्यसको बहस अझै चलाउनै पाएका छैनन् । तर यता नेतहरुले भने आफ्नो पक्षमा संसदीय दलको नेतामा भोट दिन भाषण गरेर आग्रह नै गर्न थालिसके । पार्टीभित्रको बहस, आपसी सल्लाह एवं संसदीय दलको बैठक डाकेर त्यहाँ छलफल गर्ने त झन् कुरै छैन । पार्टीमा यस्तो विषयमा आवश्यक छलफल र बहस भन्दा पनि सभापति देउवालाई घेराबान्दीमा पार्ने अभियानका रुपमा देउवा पक्षका नेताहरुले लिएका छन् ।