• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै

कांग्रेसमा प्रधानमन्त्री बहसः पार्टीमा छलफल गर्ने कि अरु पार्टी चाहार्ने ?



फाईलफोटो

काठमाडौँ । मतगणनाका क्रममा नेपाली कांग्रेसले लिड गरेको त थियो तर सबै परिणाम आइसकेको थिएन । त्यसो त  बाजुरा र दोलखाको परिणाम अझै आएकै छैन ।

उता समानुपातिकको परिणामको गणना जारी रहेकाले कुन दलले कति सिट पाउने भन्ने तयअझै भएको छैन । तर रामचन्द्र पौडल माधव नेपाल भेट्न हप्ता दिन अघि नै घर पुगिसके । उनी नेपाललाई भेट्न गएका मात्र होइनन् कि मुखै फोरेर आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह नै गरे । माधव नेपालले पनि हुन्छ, म पार्टीमा सल्लाह गर्छु भने ।

उनको पद पछ्याउँदै अर्का नेता प्रकाशमान सिंह बालकोट पुगे केपी ओली भेट्न । उनले केपी ओलीसँग प्रधानमन्त्रीका लागि सहयोग मागे मागेनन् त थाहा भएन तर आफू अब प्रधानमन्त्रीको उम्मेदवार भएको चाहिँ बताए । अब पनि नभए आफू कहिले प्रधानमन्त्री हुने भन्ने निश्चित नभएकाले अब आफू नै पार्टीमा प्रधानमन्त्रीको उम्मेदबार भएको बताएका थिए । त्यसो त प्रकाशमानले यसअघि नै आफू अब प्रधानमन्त्रीको उम्मेदबार भएको दाबी सार्वजनिक रप्मा गर्दै आएका छन् ।

यता काँग्रेस नेता गगन थापाको झन् कुरै भएन । उनले त आफू काठमाडौँ ४ बाट उम्मेदवार भए लगत्तै देखि जै आफू प्रधानमन्त्रीको दाबेदार भएको बताएका थिए । उनले अहिले पनि आफू प्रधानमन्त्री हुने र संसदीय दलको नेताको उम्मेदबार बन्ने बताएका छन् । उनले पनि पार्टीभित्र सल्लाह गरेका छैनन्, जसरी रामचन्द्र पौडेल र प्रकाशमान सिंहले गरेका थिएनन् ।

गत बुधबार कांग्रेस नेता विश्वप्रकाश शर्मा झापाबाट काठमाडौँ आए । विमानस्थलबाट सीधै उनी गगान थापाको निवास पुगे । त्यहाँ केही मुख्य अनलाइन र टिभी बोलाइएको थियो । उनले गगन थापालाई निर्वाचन जितेकामा बधाइ दिए । मिडियाले प्रश्न गरे– अबको प्रधानमन्त्री को हो काँग्रेसमा ? शर्माले जबाफ दिए– अबको प्रधानमन्त्री गगन नै हुन्, संसदीय दलको नेतामा म नै प्रस्तावक बस्छु ।

यतिखेर नेपाली काँग्रेस पार्टीभित्र प्रधानमन्त्री को बन्ने भन्न बहस चलेको छ । यसको सुरुआत महामन्त्री गगन थापाले गरेका थिए र त्यसलाई अरु नेताहरुले पनि पछ्याइरहेका छन् । उता शेखर कोइरालाले भने यस विषयामा खुल्न चाहेका छैनन् । गत बिहीबार विराटनगरमा निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा उनलाई प्रेसले सोधेको थियो– तपाईँ प्रधानमन्त्रीको दाबेदार हो कि होइन ? गगन थापाले त आफू पार्टीको संसदीय दलको नेतामा उठ्ने बताएका छन् यहाँको समर्थन हुन्छ कि हुदैन ? तर यी दुवै प्रश्नमा उनी खुल्न चाहेनन् । उनले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न पनि चाहेनन् र गगन थापालाई प्रधानमन्त्रीका रुमपा आफ्नो समर्थन रहेको भन्न पनि चाहेनन् । अहिले केही भन्दिन, पार्टीमा छलफल होला अनि कुरा गरौँला ।

यी सबै बाहिरबाहिरै भएका कुरा हुन् पार्टीभित्र यसको औपचारिक छलफल नै भएको छैन । काँग्रेसले नै प्रधानमन्त्री पाउने अवस्था आयो भने पार्टीबाट को त ? यसको पनि कुनै औपचारिक निर्णय भएको छैन । तर नेताहरु भने आफू प्रधानमन्त्री बन्ने भन्दै बाहिरै सार्वजनिक गर्दै आएका छन् । यसरी दाबी गर्ने क्रम अहिले पनि जारी नै छ ।

गगन आफ्नै कुरा गर्ने हो भने उनलाई अहिलेदेखि नै अरु पार्टीले खेल्न थालिसकेका छन् । नयाँ उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको दाबी सरकारमा नरहने बरु अरु दलले युवा उम्मेदबार उठायो भने आफूहरुको सहयोग हुने बताएका छन् । यसको अर्थ के हुन्छ भनेर काँग्रेसले खोजेको त छैन तर पनि काठमाडौँका अरु क्षेत्रमा सो दलले उम्मेदबार उठाउने तर गगनको क्षेत्रमा नउठाउने गर्दा सो पार्टीले गगनलाई सहयोग सुरु गरेको बुझ्न भने गाह्रो छैन ।
तर यता पार्टी सभापति शेरबहादुर देउवाले भने अहिले पनि आफू नै प्रधानमन्त्री बन्ने भन्ने औपचारिक निर्णय सार्वजनिक गरेका छैनन् ।

हुनत मिडियाले नै उनी प्रधानमन्त्री बन्ने भनेका छन् भने उनी निकट पार्टीका नेताहरुले पनि देउवा नै बन्ने भनेका छन् तर देउवाले भने आफैले केही सार्वजनिक गरेका छैनन् । जस्तो कि हिजोमात्र पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर खड्काले पार्टी सभापतिले नै चाहना राख्नुभयो भने अरुले प्रधानमन्त्री हुन खोज्ने कुरै आउँदैन । त्यस्तै उता पार्टीका प्रवक्ता प्रकाशशरण महतले त चुनावताका नै अबको प्रधानमन्त्री देउवा नै हुने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा भने सबै कुरा पार्टीमै आओस् र पार्टीले नै निर्णय गरोस् भन्ने चाहन्छन् । उनी गठबन्धनको नेतृत्वकर्ता नेताका तर्फबाट देशका विभिन्न क्षेत्रका चुनावी सभामा पुगे र गठबन्धनका उम्मेदबारलाई मतदान गर्न आह्वान पनि गरे । तर न प्रकाशमान सिंहले काठमाडौँ छोडे र नत रामचन्द्र पौडेलले तनहुँ । यता काठमाडौँ– ४ का उम्मेदबार गगनले पनि यसपालि काठमाडौँ छोडेनन् । बरु पहिलेका निर्वाचनहरुमा उनी देशव्यापी रुपमा नै भाषण गरेर हिँडेका थिए तर अहिले भने आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र गएनन् ।

काँग्रेसले यो निर्वाचनमा के कति सिट ल्याउँछ, यसले पार्टीको इज्जतमा कुनै धक्का पो लाग्ला कि भनेर सभापति देउवा चिन्तामै थिए तर पार्टी सभापति देउवाबाहेकै प्रधानमन्त्रीको चर्चा भने सुरु भयो । जसले चुनावका बेलामा आफ्नो निर्वाचन क्षेत्रबाहेक बाहिर कतै टेक्न सकेन, उनी आफ्नो हार होला कि भन्ने मात्र चिन्तामा बस्यो उसलाई नै प्रधानमन्त्रीको चाहना झन् बढी देखियो ।

पार्टी सभापति देउवा पार्टी नेतृत्वको सरकारका लागि राष्टिय सहमतिको अभ्यास र कसरतमा छन् । काँग्रेसले मात्र बहुमत ल्याउन नसकेपछि अहिलेकै गठबन्धनको पक्षमा सरकार निर्माणको पहलका लागि उनको प्रयास जारी छ । उनीमाथि चारतिर फर्केरका कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याएर सरकार निर्माणको भार छ ।

आफू नै बन्दा पनि पहिला संसदीय दलको नेताको निर्वाचन चाहिन्छ तर त्यसको बहस अझै चलाउनै पाएका छैनन् । तर यता नेतहरुले भने आफ्नो पक्षमा संसदीय दलको नेतामा भोट दिन भाषण गरेर आग्रह नै गर्न थालिसके । पार्टीभित्रको बहस, आपसी सल्लाह एवं संसदीय दलको बैठक डाकेर त्यहाँ छलफल गर्ने त झन् कुरै छैन । पार्टीमा यस्तो विषयमा आवश्यक छलफल र बहस भन्दा पनि सभापति देउवालाई घेराबान्दीमा पार्ने अभियानका रुपमा देउवा पक्षका नेताहरुले लिएका छन् ।