• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

निर्वाचनको परिणाम सुखद् रहेन: राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गर्नु भएको छ ।

दलहरुमाथिनै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँको भनाई थियो । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो दलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समूदायलाई आग्रह समेत गर्नु भयो ।

उहाँले सचेत समूदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटकपटक ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘चुनाव सकिन लागेको छ । अव मत गणनाको अन्तिम अवस्थामा गएको छ । लोकतन्त्रमा रोज्न पाउने हो स्वतन्त्र व्यक्ति वा विभिन्न पार्टीहरु पनि । तर जे खालको संकेतहरु आएको छ । त्यो संकेत सुखद् छ त ? कुनै एउटा पार्टी पक्षधरताको कुरा नगरीकन पार्टीप्रतिको असन्तुष्टि त्यो एमालेको, काँग्रेसको, माओवादीको वा अर्को, अर्कोको कुरा होइन । पार्टी होइन स्वतन्त्र । स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर, त्यो पार्टी भन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएको कि ? स्वतन्त्र हुँदै नहुने भन्ने होइन । विचारमा त्यो पनि हुन्छ । तर बहुदलीय परिपाटी हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भईराखेको छ । अब सोच्ने बेला आएको छ । हरेक दल भित्र सोच्नुपर्ने बेला भएको छ । अनि हामीहरु रसातलतिर जाने अनि अरुले राम्रो गरेको छ भनेर कसो होला र । त्यसकारण यहाँहरुजस्तो बौद्धिक व्यक्तित्वहरु, जो देशको हर क्षेत्रमा हुनुहुन्छ ।

त्यो क्षेत्रबाट देशलाई कसरी अगाडि लैजाने भन्ने बारे सोच्नु पर्दछ । विभिन्न क्षेत्रमा रहेका संस्थाहरुले, व्यक्तिहरुले दलहरुलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि के गर्नु प-यो ? एउटा सामान्य काम लिएर गएका नागरिकले दुःख पाउने ? धेरै ठूलो माग भएर पनि मानिसको दलहरुप्रति असन्तुष्टि छैन । सानोसानो कुरा पनि किन डेलिभरी भईरहेको छैन ? मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अव तिमीहरुको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुप¥यो नि । त्यस हिसावले भन्ने गरी तपाईहरु विना आग्रह पार्टीमा लाग्नुपर्छ तपाईहरु जस्तो सचेत व्यक्तिहरु । सचेत व्यक्तिहरुको दवावले नै नेताहरु, पार्टीहरुमा करेक्सन हुने हो । त्यसरी मात्रै हाम्रो संघीयता, लोकतन्त्र, गणतन्त्र बलियो हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाई गर्न नहुने बताउनुभयो । त्यस अवसरमा उहाँले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको खुलेर प्रशंशा समेत गर्नु भयो ।