• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै



काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो ।

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो । सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग गरेको संसदीय दल कार्यालयको सरसफाइ, रङ्गरोगन, फूल बिरुवा रोपणजस्ता काम अहिले गरिरहेको छ ।

सचिवालयले त्यसका लागि नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबारमा दल विशेषको सङ्ख्याका आधारमा कोठा उपलब्ध गराउनेछ । दल र सांसदको सुविधासम्बन्धी ऐनमा १० सांसद भएमा त्यस्ता दलका पदाधिकारी अर्थात् संसदीय दलका नेता र सचेतकलाई कार्यालय तथा फर्निचर सुविधा उपलब्ध गराउनुपर्ने भएकाले सचिवालय त्यो कामको तयारीमा अघि बढेको प्रवक्ता डा पाण्डेले जानकारी दिनुभयो ।

नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ सकिएलगत्तै संसद्को प्रतीक चिह्न ९लोगो० संविधान, ऐन, संसदीय नियमावली र समितिका कार्यविधि, डायरी, कलम, परिचय पुस्तिकालगायत आवश्यक काजगात उपलब्ध गराउने प्रचलन छ । नयाँ प्रवेशीलाई संसदीय अभ्यासबारे आधारभूत जानकारी दिलाउन सचिवालयले संसदीय विधि र प्रक्रियाबारे केन्द्रित रही अभिमुखीकरण प्रदान गर्ने गर्छ ।

संसदीय प्रक्रिया र कार्यान्वयनमा लैजाने विषयवस्तुबारे केन्द्रित रही सचिवालयको भूमिका, संसदीय समितिको भूमिका र सभा सञ्चालनका विषयमा ज्ञान दिइनेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा सङ्घीय संसद्को अबको पहिलो बैठकले सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिनेछ । त्यसपछिका बैठकमा मात्र अरू बिजनेस अघि बढ्नेछ ।

सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा नभएकाले यो अधिवेशन बानेश्वरमा हुँदै आएको पुरानै भवनमा हुनेछ । त्यसअघि हुने नवप्रवेशी सांसदको शपथ ग्रहण पनि सोही भवनको ल्होत्से कक्षमा हुनेछ ।