• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी



काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

बिगतमा बिओटी कार्य समितिमा सचिव, पुरस्कार समितिको अध्यक्ष समेत रहेर काम गरी सकेकी पाण्डेले यस पटक अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यौनाभुती, सिता पाण्डेका कथाहरू,असजिला खुसीहरू,बन्दकी खुसीहरू,अन्तरद्वन्द, खेलकुद ज्ञानमन्च ( सह लेखन ),FEVER आदी कृतिकी कृतिकार पाण्डे नेपाली साहित्य जगतमा परिचित नाम हो ।

लामो समय देखि अनेसासलाई माया गर्दै यसैको सेरो फेरो लुटपुटीई रहदा यो सँस्था भित्रको बेथिति र अपारदर्षीता प्रति चिन्ता बड्दै गएको र यसलाई नियन्त्रण र शुद्धिकरण गर्न अव ढिला गर्नु नहुने ठानी आफुले नेतृत्व लिन चाहेको उहाँले बताउनु भयो ।