२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किवी बिक्री नहुँदा किसान चिन्तामा



अ+ अ-

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात वर्षअघि व्यावसायिकरुपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तामा परेका हुन् ।

अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गर्न सुरु गरिरहेका छन् । जिल्लाभित्र किवी बिक्रीमा समस्या हुँदा बजार खोज्न धरान, इटहरी, इनरुवा दुहवी तथा विराटनगरसम्म पुग्नुपर्ने अवस्था आएको जिल्लाका किवी किसानको भनाइ छ ।

चिसापानीमा क्षेत्रमा झण्डै १० घरका किसानले व्यावसायिकरुपमा किवी खेती गर्दै आएको रौता बोलुङ्खाका कृषक हर्क राईले बताउनुभयो । बोलुङ्खाकै अर्का किसान भूपराज राईले पनि आफूहरुले उत्पादन गरेको किवीले बजार नपाएको गुनासो गर्नुभयो । छ वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट किवीको बिरुवा लगेर सुरु भएको किवी खेतीले अहिले राम्रो फल दिन सुरु गरिसकेको उहाँको भनाइ छ । “उत्पादन त भयो तर बजार पाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसको महत्व नबुझेर पनि बिक्री नभएको हुनसक्छ ।”

अहिले बोलुङ्खा क्षेत्रमा झण्डै आठ घर कृषकले पहिलोपटक किवी उत्पादन सुरु गरेको पनि राईको भनाइ छ । रौताकै चिसापानीका पाँच घर परिवार पनि किवी खेतीमै आबद्ध छन् । स्थानीय कृषक डोरनाथ बुढाथोकी गाउँमा अरुले किवी खेती सुरु गरेको देखेर आफूले पनि सुरु गरेको तर अहिले बजार नपाएको गुनासो गर्नुहुन्छ ।