• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी

साउदीमा हुने विश्व पारा तेक्वान्दो खेलको लागि नेपाली टोलीको बिदाइ



काठमाडौं । साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ ।

डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

पेरिस पारा ओलम्पिकका लागि ¥याङकिङ प्रतियोगिता समेत भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १० औं र सिर्जना १४ औं स्थानमा छन् । प्रशिक्षक लामाका अुनसार आफ्नो तौलसमूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सीधै खेल्न पाउने प्रावधान रहेको छ ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले ३ तथा सिर्जनाले २ पदक जितेका छन् । प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताए ।

प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । डिसेम्बर १० तारिखमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिने छ ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । टोली सोमबार रियाद प्रस्थान गर्ने कार्यक्रम छ ।