२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसा पाल्नका लागि सरकारबाट अनुमति चाहिने अचम्मको देश क्यानडाबारे रोचक तथ्यहरु



अ+ अ-

एजेन्सी । क्यानडालाई विकसित देशको रुपमा चिनिन्छ । उत्तरी अमेरिकामा रहेको यो देश विश्वमै रसियापछि दोस्रो ठूलो देश पनि हो । अमेरिकासँग यसको अन्तराष्ट्रिय सीमा विश्वमै सबैभन्दा ठूलो भू–सीमा रहेको छ, जसको क्षेत्रफल ८ हजार किलोमिटर भन्दा पनि धेरै रहेको छ ।

क्यानडाको करिब ४० प्रतिशत भाग जंगल रहेको छ ।  क्यानडामा धेरै जाडो हुनेगर्छ । जसकारण यहाँको समुद्रमा पानी जमेर त्यसमाथि आइस हकीको मजा लिने गरिन्छ । क्यानडालाई तालहरुको देश पनि भन्ने गरिन्छ । किनभने यहाँ थुप्रै तालतलैया रहेका छन् ।

विश्वकै २० प्रतिशत पानी क्यानडाको तालमा पाइने पनि बताइन्छ । अचम्मको कुरा ती तालहरुको पानी मिनिरल वाटरभन्दा पनि सफा हुने गर्छ । यस्तै क्यानडामा ७,८२१ किलोमिटर लामो ट्रान्स क्यानडा हाइवे रहेको छ जसलाई विश्वमै सबैभन्दा लामो राजमार्ग मानिन्छ । यो अन्तरद्वीपीय संघीय–प्रान्तीय राजमार्ग रहेको छ जुन एटलान्टिक महासागरबाट प्रसान्त महासागरसम्म क्यानडाको सबै १० प्रान्त भएर बनेको छ । 

क्यानडामा मुसा पाल्न ज्यादै मुश्किल काम रहेको छ । किनभने त्यहाँ मुसा पाल्नका लागि तपाईले सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । खासगरी क्यानडामा जिउँदा मुसालाई बेच्न या मार्न गैरकानुनी मानिन्छ ।