२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसा पाल्नका लागि सरकारबाट अनुमति चाहिने अचम्मको देश क्यानडाबारे रोचक तथ्यहरु



अ+ अ-

एजेन्सी । क्यानडालाई विकसित देशको रुपमा चिनिन्छ । उत्तरी अमेरिकामा रहेको यो देश विश्वमै रसियापछि दोस्रो ठूलो देश पनि हो । अमेरिकासँग यसको अन्तराष्ट्रिय सीमा विश्वमै सबैभन्दा ठूलो भू–सीमा रहेको छ, जसको क्षेत्रफल ८ हजार किलोमिटर भन्दा पनि धेरै रहेको छ ।

क्यानडाको करिब ४० प्रतिशत भाग जंगल रहेको छ ।  क्यानडामा धेरै जाडो हुनेगर्छ । जसकारण यहाँको समुद्रमा पानी जमेर त्यसमाथि आइस हकीको मजा लिने गरिन्छ । क्यानडालाई तालहरुको देश पनि भन्ने गरिन्छ । किनभने यहाँ थुप्रै तालतलैया रहेका छन् ।

विश्वकै २० प्रतिशत पानी क्यानडाको तालमा पाइने पनि बताइन्छ । अचम्मको कुरा ती तालहरुको पानी मिनिरल वाटरभन्दा पनि सफा हुने गर्छ । यस्तै क्यानडामा ७,८२१ किलोमिटर लामो ट्रान्स क्यानडा हाइवे रहेको छ जसलाई विश्वमै सबैभन्दा लामो राजमार्ग मानिन्छ । यो अन्तरद्वीपीय संघीय–प्रान्तीय राजमार्ग रहेको छ जुन एटलान्टिक महासागरबाट प्रसान्त महासागरसम्म क्यानडाको सबै १० प्रान्त भएर बनेको छ । 

क्यानडामा मुसा पाल्न ज्यादै मुश्किल काम रहेको छ । किनभने त्यहाँ मुसा पाल्नका लागि तपाईले सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । खासगरी क्यानडामा जिउँदा मुसालाई बेच्न या मार्न गैरकानुनी मानिन्छ ।