२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई परिवारको विवादमा धनुषामा एकजनाको हत्या, चारजना घाइते



अ+ अ-

काठमाडौँ । दुई परिवारको विवादमा घरेलु हतियारको प्रहारबाट धनुषामा एकजनाको हत्या भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् । मिथिला विहारी नगरपालिका–४ रमौलका ५३ वर्षीय प्रभु यादवको हत्या भएको हो ।

घटना बिहीबार राति ८ बजे भएको हो । स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर प्रभु यादवमाथि घरेलु हतियार प्रहार गरेको उनका छोरा अशोक यादवले बताएका छन् । बुबाको घटनास्थलमै मृत्यु भएको थियो ।

सो घटनामा प्रभुकी श्रीमती महाजनीदेवी, जेठो छोरा जगरनाथ, माहिलो छोरा सन्तोष र कान्छो छोरा अशोक घाइते भएका छन् । प्रहरीका अनुसरा सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुई वटा औँला काटिएका छन् । अन्य सामान्य घाइते छन् । घाइतेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रहरीले दुई परिवारबीचको विवादमा प्रभुको हत्या भएको आशंका गरेको छ । केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

मृतक प्रभुका कान्छा छोरा अशोकले राति ८ बजे खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेको थियो ।

झण्डै दुई महिनाअघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई विवाद भएको बताइएको छ । विवाद बढेपछि गाउँलेहरुको भेलामा सुरजले प्रभुसँग माफी मागेका थिए । बिहीबारको घटना सोही विवादसँग सम्बन्धित रहेको बताइएको छ ।