२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार



अ+ अ-

रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थित चाकरचौडामा एक भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।

भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय इरशाद खानमाथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारस्थित एक होटलमा बसेका खानमाथि काँध र कम्मरमा दुई गोली लागेको प्रहरीले बताएको छ । गोली लागेपछि घाइते भएका उनलाई भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बताइएको छ ।

खानमाथि कसले गोली हानेको हो भन्नेबारे कुनै पहिचान भएको छैन । प्रहरीले भारतीय प्रहरीको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान बढाएको छ ।