२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको विवाद वार कि पार गरौँ, अब धेरै कुर्न सकिन्न : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद वार कि पार गर्न निर्देशन दिएका छन् । बिहीबार पार्टी कार्यालय थापाथली पुगेका ओलीले आफु पार्टी एकताका लागि लचिलो भएनी बाहिर उल्टो हल्ला फैलाएकाले अब विवाद वार कि पार गर्नुपर्ने निर्देशन दिएका हुन् । 

 आफू विरुद्ध पार्टी एकताको लागि पहल नगरेको भ्रम फिँजाइएको भन्दै जे–जे गर्नु पर्ने शुक्रबार रातिसम्म गरेर शनिबारको स्थायी कमिटी बैठकबाट टुंग्याउन आग्रह गरेका छन् । 

‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न । शनिवारसम्म कि वार कि पार गरौँ । जे–जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनूस्। सबै त्यहीँबाट टुंग्याऊँ,’ ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भने ।