बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका आफ्ना ३ जना सदस्यलाई निश्कासन गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका हुन् ।
गत जेठ ३० गते पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । तर त्यसको चित्तबुझ्दो जवाफ नआएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको पत्रमा उल्लेख छ ।