२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीबाट पदमुक्त भएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा



अ+ अ-

काठमाडौं । काठमाडौं । माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।

पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा आजका लागि पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको हो ।

आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उनीहरुले उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् ।  दल त्याग नगरेको दावीसमेत उनीहरुले गरेका छन् ।