२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको मागसहित एन्फामा अल्मुताइरीको निवेदन



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दिएका छन् । 

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न निवेदन दिएका हुन् ।

नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए । 

त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

यस्तै एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जालमा चर्चा चलेको थियो । 

यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा विहीबार निवदेन दिएका छन् ।

यता एन्फाले शुक्रबार कार्य समितिको बैठकमा यसबारे कुरा उठ्ने बताएको छ ।