२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारको हतास मानसिकता बोकेर जथाभावी नबोल्न झलनाथलाई एमालेको चेतावनी



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजयपछि हतास मानसिकता बोकेर जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं १ का संयोजक उदयबहादुर राईले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा भाग लिएर मतगणना सुरु भई नतिजा आउँदासम्म सबै प्रक्रियासंगत, विधिसम्मत, निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैँमा अलोकतान्त्रिक प्रवृत्ति हो, अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्डमाथि कै हमला हो ।”

निर्वाचनको प्रचारप्रसारका क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै नेकपा (एमाले) का उम्मेदवार एवं पार्टीका अन्य जिम्मेबार नेता कार्यकर्ताको मोबाइल ट्र्याकिङ गर्नु कतिसम्म पराजित मानसिकताको पराकाष्ठा हो भन्ने छर्लङ्ग भएको विज्ञप्तिमा उल्लेख छ ।

“नेकपा (एमाले) को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन, जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट थियो त्यो पूरा हुन सकेन”, विज्ञप्तिमा भनिएको छ ।

खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग पराजित हुनुभएको थियो । पराजयपछि नेता खनाल र उहाँको पार्टी एकीकृत समाजवादीले चुनावी परिणामलाई अस्वीकार गर्दै आएको छ ।




भर्खरै