११ श्रावण २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८ औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको एक गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो । यस जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा आजै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल अस्ट्रेलियाको लागि निर्णायक गोल सावित भयो ।

समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया नकाउट चरणमा पुगे । दुवै टोलीले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडे । फ्रान्स गोलअन्तरमा अघि रहेर समूह विजेता बन्यो भने अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।

त्यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । विश्वकपमा समूह ‘डी’ बाट ट्युनिसिया र डेनमार्क प्रतियोगिताबाट बाहिरिए । रासस