२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८ औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको एक गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो । यस जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा आजै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल अस्ट्रेलियाको लागि निर्णायक गोल सावित भयो ।

समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया नकाउट चरणमा पुगे । दुवै टोलीले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडे । फ्रान्स गोलअन्तरमा अघि रहेर समूह विजेता बन्यो भने अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।

त्यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । विश्वकपमा समूह ‘डी’ बाट ट्युनिसिया र डेनमार्क प्रतियोगिताबाट बाहिरिए । रासस