७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिम समेत सहभागी हुँदै



अ+ अ-

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनामा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ ।

पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिने भएका छन् । सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा थाइल्याण्डको ‘किङ अफ दि गेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वास्क’, मलेसियाबाट ‘एक्सिस इस्पोर्टस’ र इन्डोनेसियाबाट आरआरक्यू रहेका छन् ।

यसमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन् २०१९ को फ्रि फायर विश्व विजेता टिम हो । त्यस्तै ‘किङ अफ दि गेमर्स’ सन् २०२१ मा आयोजना भएको ‘फ्रि फायर प्रो लिग थाइल्याण्ड सिजन ५– मिड सिजन राउण्ड’ को बिजेता टिम हो । भियतनामको ‘हेभी’ टिमले सन् २०२२ मा ‘बी बुया १ भियतनाम प्रो स्क्रिम सिजन २’जितेको थियो ।

इन्डोनेसियन टिम आरआरक्यू यसै वर्ष आयोजना भएको ‘डीजी एरिना च्याम्पियनशिप २०२२’ बिजेता टिम हो । भने, मोरक्कोको ‘वाक्स’ र मलेसियाको ‘एक्सिस इस्पोर्टस’ टिमसँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ । यी टिमले आफ्नै देशबाट अनलाइनबाटै फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसरी नेपालमा आयोजना भइरहेको प्रतियोगितामा अन्तर्राष्ट्रिय विश्व विजेता टिमको सहभागिताले प्रतिगोगितालाई थप प्रतिस्पर्धी र उपलब्धिमूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ । आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० तारिखमा होटल डेला अन्नपूर्णमा हुनेछ ।

उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेमर प्याकेज’ इन्टरनेट प्रयोग हुनेछ । यसअघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेमको प्रयोगलाई सम्बोधन गर्ने गरी गेमर प्याकेज सार्वजनिक गरेको थियो ।

जसअन्तर्गत कम्पनीले १५० एमबीपीएस, २०० एमबीपीएस गतिको इन्टरनेट प्लस क्लियर टिभी र ३०० एमबीपीएस गतिको इन्टरनेट गरी कूल तीन ओटा प्याकेज रहेका छन् । जसमा १५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४,९९९ रुपैयाँमा जडान गर्न सकिने छ ।

त्यस्तै इन्टरनेट तथा क्लियर टिभी सहितको २०० एमबीपीएस गतिको कम्बो प्याकेज वार्षिक १८,९९९ रुपैयाँमा जडान गर्न सकिने जनाइएको छ । त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज १८,९९९ रुपैयाँमा जडान गर्न सकिने छ ।

यी सबै वार्षिक प्याकेज अन्तर्गत ग्राहकले डुअल ब्याण्ड ओएनयू राउटर, ड्रप वायरका साथै जडान शुल्क समेत निःशुल्क पाउने छन् । कम्पनीले ल्याएका यी प्याकेज फाइनल खेलमा खेलाडीले प्रयोग गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो प्रतियोगिताको लाइभ नोभेम्बर २७ तारिख देखि हरेक दिन साँझ ६ बजे जेम्युजिक एचडी च्यानल र जेम्युजिक युट्युब च्यानल मार्फत हुनेछ ।