२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ



अ+ अ-

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख १४ गतेको फैसलापछि नौ दिन कैद र बिगो बमोजिम रु नौ लाख जरिवाना ठहर गरेपछि फरार रहेका खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका खड्काले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । 

उच्च अदालतले खड्कालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।