२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको आलोचना गर्दै आएका यी अर्बपतिलाई १८ वर्ष जेल सजाय



अ+ अ-

काठमाडौं । सरकारको आलोचना गर्दै आएका एक जना अर्बपतीलाई १८ वर्षका लागि जेल सजाय तोकेको छ ।  चीनले प्रसिद्ध अर्बपति सन दावूलाई गएको वर्ष २० जना आफन्त तथा व्यापार सहयोगीसहित पक्राउ गरिएको थियो । 

उनलाई विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयमा टिकाटिप्पणी गरेको आरोपमा दोषी पाइएको छ । त्यस्तै सरकारका ग्रामीण नीतिको आलोचना गरेको, गैरकानुनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायमाथि आक्रमण गर्न भिड जम्मा गरेको र सरकारी मजदुरको काममा अवरोध पुर्‍याएको लगायतका आरोप पनि छन् । 

उनलाई ३१ लाख १० हजार युआन जरिबाना तिर्न लगाइएको समाचार संस्था एएफपीले जनाएको छ । ६७ वर्षका सन दावूले उत्तरी हेबेई प्रान्तमा सञ्चालन गरेको कृषि व्यवसाय चीनका ठूला कम्पनीमा पर्छ । कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ । 

अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमध्ये सन पनि रहेका छन् । सन् २०१९ मा फैलिएको फ्लुको सङक्रमणले चीनको कृषि क्षेत्रमा असर पुर्‍याएको थियो । 

चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ ।एजेन्सी