५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नवलपरासीमा ८६ हजार मत खसेकामा ३० हजार बदर



अ+ अ-

कावासोती । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार छ सय ७० मत खसेकामा चार हजार एक सय तीन मत बदर भएका छन् ।

प्रदेशसभा तर्फ क्षेत्र नं १ ९१० मा कूल खसेको मत ४१ हजार चार सय एकमध्ये एक हजार सात सय ४४ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १९२० मा एक हजार सात सय ७७ मत बदर भएका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४५ हजार एक सय २९ मत खसेको थियो ।

त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा तीन हजार चार सय ६२ मत बदर भएका छन् । प्रदेशसभातर्फ क्षेत्र नं २९१०मा कूल खसेको मत ४२ हजार पाँच सय ९० मध्ये एक हजार तीन सय ३६ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १९२० मा एक हजार दुई सय १४ मत बदर भएका हुन ।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार चार सय ९६ मत खसेको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं १९१०मा कूल खसेको मत ४१ हजार दुई सय ३१ मा तीन हजार एक सय ६४ मत बदर भएका छन् भने क्षेत्र नं १९२०मा कूल खसेको मत ४५ हजार एक सय चारमा तीन हजार दुई सय १९ मत बदर भएका भुसालले बताउनुभयो । प्रदेशसभाको क्षेत्र नं २९१०मा कूल खसेको मत ४२ हजार तीन सय ९७ मा एक हजार नौ सय ७८ मत र क्षेत्र नं २९२०मा कूल खसेको मत ४२ हजार छ सय २८ मा एक हजार सात सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिनुभएको हो ।

धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।”

यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका थिए ।