• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता, एमालेका कुसियत २४५ मतले पछि



काठमाडौं । सुनसरी ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

३२ वडामध्ये २८ वटा वडाको गणना सकिँदा कार्कीले २६ हजार ९९८ मत ल्याएका छन् ।

यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश कुसियतले २६ हजार ७५६ मत ल्याएका छन् । उनीहरुबीच २४५ मतको अन्तर छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार अहिले बराह ११ र भोक्राह नरसिंह ७ को दुई वटा वडाको मत गणना भइरहेको छ । गन्न बाँकी रहेका कोसी( ६ र बराह( १० मा ५ हजार ८ सय १८ मत खसेको छ ।