२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण मानीस खानै नपाए भोकै मर्ने दिन आउदै



symbolic picture
अ+ अ-

काठमाडौं । हालै प्रकाशित एक नयाँ अध्ययनमा विगत एक दशकमा पहिलेको तुलनामा मौरीहरूको एक चौथाइ संख्या गायब भएको पाइएको छ । 

मौरीले पृथ्वीमा जीवन विकासको गहन जिम्मेवारी पाएको छ । मौरी नहुने हो भने वनजंगल मात्र नभई संसारकै पेट भर्ने खाद्यान्न पनि जोखिममा पर्छ । अनि मानिस भोकभोकै बस्नुपर्ने स्थिति आउँछ ।  

मौरीका २० हजारभन्दा बढी प्रजाति हुन्छन् र तीमध्ये एक दर्जनले मह बनाउँछन् । लगभग सबै प्रजातिहरू अन्नबाली र जंगली बोटबिरुवाको परागसेचनका लागि आवश्यक छन् । 
 

अर्जेन्टिनाका अनुसन्धाताहरूले सिटिजन साइन्स प्रोजेक्ट्स तथा डेटाबेसको आधारमा गरेको अध्ययनमा सन् २००६ देखि २०१५ को बीचमा सन् १९९० भन्दा अघिको तुलनामा २५ प्रतिशत कम मौरी देखिएका छन् । उनीहरूको संख्यामा यति धेरै कमी आउँदा संकटको आशंका गरिएको छ । 

मानव गतिविधिले मौरीहरूमा असर पारेको वैज्ञानिकहरू बताउँछन् । कीटनाशकहरूको अत्यधिक उपयोगले गर्दा जंगली बोटबिरुवामा नकारात्मक असर परिरहेको छ । 
 

भीरमौरी मात्र त्यस्तो प्रजाति हो जुन राति खाना खोज्न निस्कने गरेको छ र त्यो उज्यालोप्रति आकर्षित हुन्छ । ठूला भवनमा पेस्ट म्यानेजमेन्ट कम्पनीहरू आएर मौरीको घारलाई रसायन हानेर मार्ने गरेका छन् । 

कीटनाशक, जलवायु परिवर्तन अनि बस्ने ठाउँको अभावका कारण मौरीहरू संकटमा पर्न थालेका छन् । उनीहरूको संख्या घट्दै गएको प्रवृत्तिले जोखिमको सन्देश दिएको वैज्ञानिकहरू बताउँछन् । यसले मानवजातिमा खाद्यान्नको अभाव गराउने उनीहरूको भनाइ छ ।