२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक निर्दयी बाबु, जसले दुई वर्षको छोरालाई किन गरे यस्तो



अ+ अ-

एक पिताले आफ्नो दुई वर्षे बच्चालाई बेचेर त्यसबाट आएको पैसाले प्रेमिकासँग देशभ्रमण गरेका छन् ।  चिनका ती व्यक्तिले पत्नीसँग पारपाचुके लिएका थिए र बच्चाको स्याहार गर्न सकेका थिएनन् । त्यसपछि उनले सन्तान बेच्ने निर्णय लिए । 

चच्याङ लिगल डेलीले दिएको खबरअनुसार, सी थर भएका यी व्यक्ति जतिखेर पनि पत्नीसँग झगडा गरिरहन्थे । त्यसपछि उनीहरूबीच पारपाचुके भयो । 

उनीहरूका दुई सन्तान छन् । महिलाले छोरी राखिन् अनि पुरुषले छोरा राखे । 

सीले छोरोलाई चांग्सु शहरमा बस्ने एक जोडीलाई बेचिदिएको थियो । उसले लगभग २७ लाख रुपैयाँमा छोरो बेचेको थियो । त्यत्तिका रकम पाएपछि ऊ प्रेमिकासँग देशभ्रमण गर्न हिँडेको थियो । 

बच्चाको कुनै खबर नपाएपछि अनि सीले पनि फोन नउठाएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरीले अनुसन्धान गरी सीलाई पक्राउ गरेको थियो । 

उक्त व्यक्तिले पत्नीसँग मिलेर पहिला पनि दुई छोरीहरू दुई परिवारलाई बेचेको आरोप छ ।