२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा विभाजनपछि राजेन्द्र महतोले गरे यस्तो खुलासा, अब के हुन्छ ?



अ+ अ-

काठमाडौ । पूर्वमन्त्री राजेन्द्र महतोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी रहेको बताएका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले अध्यक्ष ओली मधेस विरोधी रहेपनि उनी मधेसको पक्षमा आएपछि आफुले सहयोग गरेको बताएका हुन् ।

आफूहरुले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने उनले बताए । ‘हामीले शुरुवात गरेका कामहरु गर्नुपर्‍यो नि,’ महतोले भने, ‘संसद आयो । नागरिकता विधेयक संसदबाटै पारित होस्, संविधान संशोधन होस् र रेशम चौधरी सहितलाई रिहा गराइयोस् ।’

उनले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए ।

यस्तै महतोले दुई पार्टीको एकतालाई केही व्यक्तिले टिक्न नदिएको आरोप लगाउँदै उनले भने, ‘हाम्रै मित्रले एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभयो । र, आयोगले दुई ठाउँमा बस्न भनिदियो । यसको मूल्यांकन जनताले गर्नेछन् ।’

अब नयाँ पार्टी खोल्ने कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले नयाँ पार्टी खोल्नै नपर्ने बताए । जसपा दुई पार्टी मिलेर बनेको थियो । दुईवटा पार्टी नै रहने उनले बताए । पार्टीको नाम जसपा, राजपा जे राख्दा पनि हुने उनले बताए ।