• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

इंग्ल्यान्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश



काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत इंग्ल्यान्ड समूह बी बाट समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति अहमद बिन अली रंगशालामा वेल्सलाई ३–० गोलले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डका जित दिलाउन मार्कस रासफर्डले २ र फिल फोडेनले १ गोेल गरे ।

खेलको ५० अ‍ौं मिनेटमा रासफर्डले फ्रिकिकबाट सिधै गोल गरेका थिए । त्यसको लगत्तै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । फिल फोडेनले ५१ औं मिनेटमा गोल गर्दै अग्रता २–० बनाए । ६८ अ‍ौं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

अपराजित इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोड्यो । अमेरिका ५ अंकसहित उपविजेता भएर नकआउट चरणमा पुग्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।