२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या



अ+ अ-

बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ ।

गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उहाँको भनाइ छ ।

सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपनि केन्द्रीय कार्यालयबाट आवश्यक बजेट र निर्देशन नआएको र आफू त्यसको पर्खाइमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउन छौँ ।”

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरिया बर्दियाको तथ्याङ्क अनुसार यसवर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्ष भन्दा बर्दियामा यस पटक धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । पश्चिम नेपालमा धेरै धान उत्पादन हुनेमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्दछ ।