• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत ★   डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा ★   महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक ★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ?

संसद् सुविधाबापत पाउने सबै सेवा सुबिधा सामाजिक कार्यमा समर्पण गर्ने प्रदेशसभा सदस्य गुरुङको घोषणा



काठमाडौँ । गण्डकी प्रदेश कास्की ३ ९१० का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशमान गुरूङले प्रदेश सरकारबाट आफूले पाउने सबै सुविधाबापतको सबै रकम गरिब ,असाहय, दीन दुःखी र सामाजिक कार्यमा समर्पण गर्ने बताउनुभएको छ ।

नेकपा ९एमाले० माछापुच्छ्रे गाउँपालिका कमिटीद्वारा आयोजित प्रतिनिधि सभा र प्रदेशसभाका लागि नवनिर्वाचित एमालेका उम्मेदवारलाई बधाई, मतदातालाई धन्यबाद र सुझाव सङ्कलन कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो ।

गुरूङले आफूलाई सूर्य चिह्नमा मतदान गरी विजयी गराउने सम्पूर्ण माछापुच्छ्रेबासीलाई धन्यवाद दिँदै जनताले रगत बगाएर ल्याएको अधिकारसँगै सङ्घीयतालाई मजबुत र बलियो बनाउनका लागि प्रदेशसभामा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

गणतन्त्र आएपछि काडमाडौँ केन्द्रित सिंदरबार गाउँ गाउँमा आए पनि जनताले त्यो सुबिधा र सहजता नपाएको भन्दै त्यत्सलाई अझ साँच्चिकै गाउँ गाउँमा आएको महसुस बनाउनका लागि र प्रदेश सरकारले पाउनु पर्नै अधिकारका लागि आफू लागि पर्ने उहाँले बताउनुभयो ।

गाउको विकासका लागि आफ्नो पहिलो प्राथामिकता शिक्षा, स्वास्थ्य, पर्यटन कृषि र सडकका लागि जाने उहाँको भनाइ थियो ।