२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ



अ+ अ-

काठमाडौं ।  मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो ।

कारागारमा रहेको ब्लक९क० र ब्लक ९ख० का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिनुभयो । कोरोना पोजिटिभ देखिएका कैदीलाई कारगारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ ।

साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताउनुभयो । कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि  खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएका छ ।

भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताउनुभयो । रासस