• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

प्रेमिका करिश्मासँग सलोनले कसे लगनगाँठो



काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाह गरेका छन् । उनी प्रेमीका करिश्मा केसीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह जारी छ। अभिनेता सलोन र नेपाल एयरलाइन्समा एयर होस्टेसमा कार्यरत करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

 

सलोनले ‘होस्टल’, ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ ‘ए मेरो हजुर ४’, ‘यात्रा’ लगायत फिल्ममा अभिनय गरेका छन् ।